संयुक्त प्रेस विज्ञप्ती – रुकुम चौरजहारीमा अन्तरजातीय विवाह सम्बन्धी

संयुक्त प्रेस विज्ञप्ती


गत २३ मे २०२० मा पश्चिम रुकुम चौरजहारीमा अन्तरजातीय विवाह सम्बन्धी विषयलाई लिएर सिंगै गाउँ मिलेर २१ वर्षे नवराज विक र उनीसंगै गएका पाँच जना दलित तथा गैरदलित युवालाई लखेटी लखेटी निर्मम यातना दिई हत्या गरेको खबरले हामी वेलायतवासी नेपाली स्तब्ध भएका छौं। एक्काइसौं शताव्दीमा पनि यस्तो बर्बर जातीय हिंसा भड्किनुले विश्वसामु नेपाली समाज, संस्कृति र सभ्यताकै बेइज्जती भएको तर्फ ध्यान आकृष्ट गर्न चाहन्छौं। विगतका धेरै जातीय छुवाछुत र यातनाका जस्तै यो जघन्य घटनामा संलग्नहरू पनि राज्यले जोगाउँने आशंकामा देशभरिका दलित समुदाय आन्दोलित भएका छन्। एक प्रकारले मुलुककै प्रतिष्ठासंग जोडिएको घटना हुनाले पनि यसको निस्पक्ष छानबिन र अनुसन्धान गरी यथासक्य छिटो अपराधीहरूलाई कानून बमोजिम दण्डसजायँ गराउँन हामी नेपाल सरकार,  र अन्य सम्बन्घित निकायहरूसंग विशेष माग राख्न चाहन्छौं।


नेपाल सरकारले देशको संबिधान र कानुन तथा यसले अनुमोदन गरेका अन्तराष्ट्रिय मानवअधिकार संयन्त्र (विशेषत: ‘सवै प्रकारका जातीय भेदभाव बिरुद्ध’ को अनुबन्ध) को सम्मान गर्दै विभेदका कारण उच्च जोखिममा रहेका दलित समुदायको संरक्षण र विकाशको निम्ति अविलम्ब विशेष पहल गर्न जोडदार माग गर्दछौं।

  • दलित आत्म-रक्षा अभियान – डा मित्र परियार
  • नेपालको लागि अन्तर-रास्ट्रीय ऎक्यबद्धता – डा  कृष्ण उपाध्याय
  • नेपाली वेलफेयर सोसाइटी – श्री धन बहादुर सार्की
  • नेपालिज ओप्रस्ड सोसाइटी (नोप्स) युके – श्री डिलु नेपाली
  • नेपाल पत्रकार महासंग, बेलायत – श्री दिनेश परियार
  • बिश्वकर्मा हेल्पिङ ह्याण्ड वर्डवाइड – श्रीकृष्ण घटराज
  • रामेछाप समाज, बेलायत – श्री बुद्ध वराइली
  • सृजनशिल नेपाली समाज, बेलायत – श्रीशेर सुनार/श्रीभक्त बहादुर दर्जी
  • सयपत्री नेपाली समाज, बेलायत – श्री दिलिप मोहोरा
  • संगम नेपाल समाज – श्री बुद्धिमान परियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *